+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतको सर्वोच्च अदालतले जोगाइदियो राहुल गान्धीको सांसद पद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १६:२२

१९ साउन, काठमाडौं ।  भारतीय कांग्रेसका पार्टीका नेता राहुल गान्धीको सांसद पद निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले फुकुवा गरेको छ ।

शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सर्वोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।

न्यायाधीशहरूको संयुक्त बेन्चले भनेको छ, ‘यसमा कुनै शंका छैन की राहुल गान्धीको लवज राम्रो थिएन र सार्वजनिक जीवनमा कुनै पनि व्‍यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अगाडि सचेत हुनुपर्छ भन्‍ने हेक्का हुनुपर्छ।’

समाचार एजेन्सी पीटीईका अनुसार बेन्चले भनेको छ, ‘ट्रायल कोर्टले अधिकतम सजाय दिने कुनै कारण बताएको छैन। यो मुद्दामा अन्तिम फैसाला सुनाउनुअघि सजायको फैसलामाथि रोक लगाउनु जरूरी छ।’

सन् २०१९मा ‘मोदी सरनेम’को बयानलाई लिएर सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलाको २४ घण्टापछि  लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो ।

‘चाहे जे सुकै होस्, मेरो कर्तव्य उही रहन्छ,’ गान्धीले अदालको फैसलापछि एक ट्वीट सन्देश मार्फत् प्रतिक्रिया दिंदै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?