+
+

झापा कारागारमा झडपपछि आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १६:२९

१९ साउन,  विराटनगर । कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपकै क्रममा कारागार भित्र आगलागी  पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।

आगो नियन्त्रणमा लिनका लागि दकमलसहित  नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको  घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए ।

कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?