+
+

पाटन दरबार क्षेत्रको २ मन्दिरको माथिल्लो तलामा जान रोक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते १९:१९

२० साउन, काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रको दुई वटा मन्दिरको माथिल्लो तलामा नगर प्रहरीले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । कृष्ण मन्दिरको उत्तरतर्फ रहेको विश्वनाथ मन्दिर र हरिशंकर मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

उनका अनुसार माथिलो तलामा गएका युवायुवतीले अंकमाल र चुम्बन गरेर बसेको भिडियो सार्वजनिक भएपछि पर्यटक र भक्तजनहरुले गुनासो गरेका थिए । त्यस्तै माथिल्लो तलामा मानिसहरु जाँदा भगवानको मूर्ति खुट्टामुनि पर्न गएकाले भक्तजनहरुबाट गुनासो आएको थियो ।

महानगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा ती मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हाछेथुले बताए । ‘पर्यटकहरुले पनि फोटो खिच्दा मान्छेको टाउको मात्र आयो भनेर गुनासो गरे । परिवारका सदस्यसहित मन्र घुम्न आउनेहरुले अप्ठेरो महसुस गरेकाले मेयर साबको निर्देशनमा हामीले ती मन्दिरमा प्रवेशमै रोक लगाएको हो’ उनले भने ।

अब कृष्ण मन्दिर र जगतनारायण मन्दिरमा पनि प्रवेशमा रोक लगाउने हाछेथुले बताए । अहिले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नगर प्रहरीले मन्दिर क्षेत्रमै गस्ती गर्छ भने राति ८ देखि ११ बजेसम्म गाडीमार्फत मोवाइल गस्ती गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?