+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि पूर्ण सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते ११:५५

२० वैशाख, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । दैनिक हजारौं यात्रु आउजाउ हुने पर्यटन राजधानी पोखराको उडान आजबाट सुचारु भएको हो ।

एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित थियो । पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए । यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ । यहाँबाट नेपालगञ्ज, भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले ७ उडान भरेको थियो । अप्रिल २६ र २७ मा एउटा पनि उडान भएन । २८ दिउँसो साढे १ बजेदेखि मौसम सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरि २९ र ३० मा पनि एउटै उडान भएन ।

मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो । उडान नहुँदा नेपाली साथै विदेशीलाई निकै सकस परेको थियो । आजदेखि उडान सुचारु हुँदा पोखराको चहलपहल पुनः बढ्ने बुद्ध बजार निर्देशक रुपेश जोशी बताउँछन् ।

उनका अनुसार यात्रुको रिसेड्युल वा रिफन्डको कामसमेत भइरहेको उनले जानकारी दिए । मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने गरिन्छ । नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?