+
+

नेपालका ६ क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते २०:३०
क्रिकेटर विनोद भण्डारी ।

२० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप र टी-२० विश्व कप एसिया छनोटलाई लक्षित गरी ६ खेलाडीलाई भारत प्रशिक्षणमा पठाएको छ ।

विनोद भण्डारी, कमल सिंह ऐरी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई एक महिना लामो प्रशिक्षणका लागि दिल्ली पठाएको क्यान स्रोतले बताएको छ ।

हाल सिनियर टिमभन्दा बाहिर रहेका विकेटकिपर विनोद भण्डारी र अलराउण्डर विवेक यादव भने १९ औं एसियाली खेलकुदमा पनि सहभागी हुँदैछन् ।

तिव्र गतिका बलर कमल सिंह ऐरी खेलका दौरान घाइते भएपछि राष्ट्रिय टिममा कमब्याक गर्न सकेका छैनन् । त्यस्तै, बायाँ हाते तीव्र गतिका बलर कमल खत्री कोशी प्रदेशका लागि खेल्छन् । उनी हालसम्म सिनियर टिमको बन्द प्रशिक्षणमा भने अटाएका छैनन् ।

ब्याटर लोकेश बम र स्पिनर सागर ढकालले पनि राष्ट्रिय टिममा पुनरागमन गर्न सकेका छैनन् । नेपालमा वर्षायाम चलेका कारण राम्रो तयारी र प्रशिक्षणका लागि क्यानले पहिलो चरणमा यी ६ खेलाडीलाई भारत पठाएको हो ।

अन्य खेलाडीलाई पनि नेपाल बाहिर प्रशिक्षणमा पठाउने तयारी भइरहेको क्यान स्रोतले बताएको छ । क्यानले यू-१९ का खेलाडीलाई पनि केही समय पश्चात विदेश प्रशिक्षण र अभ्यासका लागि पठाउने तयारी गरेको छ ।

अक्टोबर ३० देखि ९ नोभेम्बरसम्म नेपालले टी-२० विश्वकपको एसिया छनोट खेल्नेछ । एसिया क्षेत्र छनोटमा आयोजक नेपाल, मलेसिया हङकङ, युएई, ओमान, सिंगापुर, बहराइन र क्वालिफायर ए र बी बाट आउने दुई टोली सहभागी हुनेछन् । एसिया छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

नेपालको सिनियर टोलीले अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने एसिया कप खेल्नेछ । एसिया कपको समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । नेपालले ३० अगष्टमा पाकिस्तान र ४ सेप्टेम्बरमा पाकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?