+
+
Shares

नागढुंगा–नौबिसे सुरुङमार्गमा रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ सोमबार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १९:०४
फाइल तस्वीर

२१ साउन, काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङमार्ग निर्माणको काम सोमबारदेखि सकिने भएको हो । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ ।

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिएका छन् ।

२.५ किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलसँगै मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलमा भने ५ सय ६ मिटर खन्न बाँकी छ । यो आयोजना नेपालको पहिलो ठूलो सुरुङमार्ग हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?