+
+

‘बार्बी’ विश्वव्यापी १ बिलियन डलर क्लबमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते ११:४१

काठमाडौं । हलिउड फिल्म ‘बार्बी’ले विश्व बक्स अफिसमा तहल्का पिटेको छ । प्रदर्शनको १७ औं दिनसम्म आइतबार यो फिल्म बिलियन डलर क्लबमा प्रवेश गर्‍यो । साथै, लगातार तेस्रो साता पनि यो फिल्म अन्तर्राष्ट्रिय बजारको शीर्षस्थानमा छ ।

आइतबारसम्म विश्वभर ‘बार्बी’को कुल कमाइ १.०३१ बिलियन अमेरिकी डलर छ । ‘बार्बी’ले उत्तर अमेरिकाबाट अहिलेसम्म ४५९ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारबाट ५७२ मिलियन डलर कमाएको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ ।

३५ ठूला अन्तर्राष्ट्रिय बजारमा यो फिल्म अहिले पनि शीर्षस्थानमा छ । सन् २०२३ मा एक बिलियन डलर कमाउने यो दोस्रो ठूलो फिल्म हो । यसैवर्ष ‘द सुपर मारियो ब्रोज’ फिल्मले यो उपलब्धि हासिल गरिसकेको छ ।

साथै, ‘बार्बी’ले एक बिलियन डलर कमाउँदै चर्चित फिल्महरु फास्ट एक्स, गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम ३, ह्यारी पोर्टर एण्ड द प्रिजनर अफ अज्काबान, ब्याटम्यान भर्सेस सुपरम्यान : डन अफ जस्टिस’को लाइफटाइम कमाइलाई समेत उछिनेको छ ।

यसबाहेक महिलाले निर्देशन गरेका अन्य तीन फिल्म पनि बिलियन डलर क्लबमा प्रवेश गरिसकेका छन् । जसमा ‘फ्रोजन’ (१.३ बिलियन डलर), ‘फ्रोजन २’ (१.४५ बिलियन डलर) र ‘क्याप्टेन मार्भल’ (१.१ बिलियन डलर) छन् । ‘बार्बी’ वार्नर ब्रोजको सयवर्षे इतिहासमा सर्वाधिक छिटो (१७ दिन)मा बिलियन कमाउने पहिलो फिल्म समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?