+
+

पशुपतिमा बोलबम यात्री (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० साउन २२ गते १३:२९

२२ साउन, काठमाडौं । आज साउन महिनाको चौथो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ ।

वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

आजको दिन शिवलाई शुद्ध जल चढाउने चलन छ । बोल बम तीर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।

यो वर्ष साउनमा पाँच वटा सोमबार परेको छ ।

थप तस्वीरहरू :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?