+
+

‘जवान’को नयाँ पोस्टर सार्वजनिक गर्दै शाहरुखले भने- म असल हुँ वा खराब, ३० दिनमा थाहा हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १७:०९

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’लाई लिएर चर्चामा छन् । टिजर र एक गीत सार्वजनिक भइसकेको यो फिल्मलाई लिएर दर्शकमाझ व्यग्र पर्खाइ छ । एटली निर्देशित यो फिल्म सेप्टेम्बर ७ मा विश्वव्यापी रिलिज हुँदैछ ।

फिल्म रिलिज हुन ठीक एक महिना बाँकी हुँदा सोमबार शाहरुखले सामाजिक सञ्जालमार्फत ‘जवान’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । शाहरुखले नयाँ पोस्टरसँगै क्याप्सन लेखेका छन्- ‘म असल हुँ या खराब हुँ, यो ३० दिनमा थाहा हुनेछ ।’

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जवान’मा गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता छन् । फिल्म हिन्दीका साथै तेलुगू र तमिल भाषामा पनि रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?