+
+

सुन काण्डमा एमालेले अंश खोजेर संसद चल्न दिएन : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १८:२७

२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ ।

गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ ।

‘सुनकाण्डमा तोलमोल भयो । उच्च स्तरीय छानबिन भनेर एमालेले सुन काण्डमा अंश खोज्यो । यो गम्भीर अपराध हो’ प्रमुख सचेतक शाहीले अनलाइनखबरसँग भने ।

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ ।

उक्त प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को बैठक चल्न दिएको छैन ।

सोमबार बसेको प्रमुख तीन दलको बैठक पनि निस्फल भएपछि अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?