+
+

बाग्मतीले खतराको तह पार गर्‍यो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते ६:३५

२३ साउन, काठमाडौं । बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा छ ।

बाग्मती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको छ । वर्षा जारी रहने सम्भावना छ । त्यसैले कोखाजोर खोला, मरिन खोला र आसपासका खोलामा आकस्मिक बाढीका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी बर्दियाको बबई नदीको चेपाङ बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको छ । बाढी बढ्दो क्रममा रहेकाले बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन महाशाखाले भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?