+
+

मौद्रिक नीतिपछि २०७ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १५:४६

२३ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट भएको छ । मौद्रिक नीतिपछि लगातार घट्ने क्रममा रहेको सेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार २८.४० अंकले गिरावट हुँदा २०१९.८५ मा बन्द भएको छ ।

७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनबाट घट्न लागेको नेप्से गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण पनि सकारात्मक नआउँदा लागतार घट्दै गएको छ । मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार घटाउने बताएको थियो । तर, सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको कर्जाको मात्रै जोखिम भार घटाउने बताएपछि ८ साउनदेखि नै नेप्से घट्न लागेको थियो ।

यस्तै गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा केही बाहेक अधिकांश बैंकको वित्तीय विवरण कमजोर भएपनि सेयर बजारमा थप गिरावट भएको छ । ८ सानदेखि २३ साउनसम्म आउँदा ३ कोरोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएपनि अन्य सबै दिन नेप्सेमा गिरावट भएको छ । यो साताको लगातार तेस्रो दिन पनि नेप्सेमा गिरावट भएको हो ।

७ साउनमा नेप्से पछिल्लो १ वर्ष यताकै उच्च विन्दु २२२७.१६ मा बन्द भएको थियो । त्यसयता नेप्सेमा २०७.४१ अंकको गिरावट भएको छ । मंगलबार सबै उपसूचकमा गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २.७० प्रतिशत र वित्त कम्पनी उपसूचक २.६९ प्रतिशतले गिरावट भएका छन् । त्यस्तै अन्य उपसूचक १.७६ र हाइड्रोपावर उपसूचक १.७४ प्रतिशतले गिरावट भएका छन् । यस्तै बैंकिङ उपसूचक १.०४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको मात्रै कारोबार भएको छ । ७४ हजार २५७ वटा कारोबारमा ४८ लाख ६० हजार ७४१ कित्ता सुचिकृत धितोपत्र किनबेच भएको छ । मंगलबार नेप्सेमा आईएमई लाइफको सर्वाधिक १७ करोड ८९ लाखको कारोबार भएको छ । आइतबार नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको कम्पनीको सेयर सामबार पनि ४० करोड माथिको कारोबार भएको थियो । सोमबार दोस्रो धेरै कारोबार भएको नेपाल रिपब्लिक मिडियाको मंगलबार पनि ६ करोड ७८ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ । मंगलबार स्वरोजगार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल रिपब्लिक मिडियको पनि ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै पिपुल्स पावर कम्पनीको सेयरमूल्य ३.९४ प्रतिशतले बढेको छ ।

यता १०.२५ प्रतिशत ब्याजदरको ग्लोबल आईएमई बैंक ऋणपत्र ९ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक ८.२४ प्रतिशत विजय लघुवित्तको ६.९९ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?