+
+

बार्दलीभरि ढकमक्क बेगोनिया फूल

सिर्जना श्रेष्ठ सिर्जना श्रेष्ठ
२०८० साउन २३ गते १७:०४

पूर्वी पहाडका घरहरुमा बार्दलीभरी ढकमक्क फूल फुलाउने गरिएको छ । यहाँ फूल केवल घरको शोभा मात्र होइन जीवन पद्धती नै बनिसकेको छ ।

त्यसैले त मौसम अनुसार फूल फुलाउने, गोडमेल गर्ने कुरामा उनीहरुको बार्षिक क्यालेन्डरमै समेटिन्छन् । फूलको प्रजाति, त्यसका लागि जरुरी मलजल, सिंचाईको तरिका, त्यसमा लाग्ने रोग एवं किराबारे पनि उनीहरु जानकार रहन्छन् ।

फूलको हेरचाह उनीहरुको दिनचर्याभित्र पर्छ ।

यो वर्षायाममा भने हरेक घरको बार्दली बेगोनिया फूलले हराभरा छ । यो विभिन्न रंग र प्रजातिमा उपलब्ध हुन्छ ।

कतिथरी ?

यो आउटडोर र इन्डोर दुबै किसिमको हुन्छ । आउटडोर मौसमी हुन्छ भने इनडोरलाई बाह्रैमास फुलाउन सकिन्छ ।

त्यसैगरी गमला र हयांगिङ गमलामा पनि रोप्न सकिन्छ । धेरेजसो गमलामा रोप्ने गरिन्छ तर आजभोलि ह्यांगिङमा रोप्ने प्रचलन बढेको छ । यो रोतो, पहेँलो, गुलाबी, बैजनी, सेतो, छिरबिरेलगायत धेरै रंगमा पाइन्छ ।

कसरी रोप्ने ?

बेगोनिया फूल बलौटे माटोमा कम्पोस्ट मल मिसाएर रोप्न सकिन्छ । गाउँघरतिर माटोमा गोबर मल मिसाएर पनि रोप्ने गरिन्छ । चिसो ठाउँमा भन्दा पनि घाम लाग्ने ठाउँमा एकदमै चाडै फूल गर्छ ।

बिरुवा कसरी सार्ने ?

बेगोनियाको बल्ब वा गानो रोप्ने गरिन्छ । गर्मी ठाउँमा फागुन र चैत्रमा रोपिन्छ भने चिसो ठाउँमा चैत र बैसाखको पहिलो हप्ता रोप्ने गरिन्छ । फूल रोपेको वा सारेको करिब ४५ दिनमा फुल्न सुरु हुन्छ । असार र साउनसम्म ढकमक्क फुल्छ ।

मल र पानी कसरी हाल्ने ?

यो फूल हुर्काउन सजिलो छ । दिनको एक पटक पानी हाल्नुपर्छ । तर, एकै पटकमा धेरै पानी हाल्नु हुँदैन, जरा कुहिन सक्छ । त्यसैले माटो कति ओसिलो छ त्यो हेरेर मात्र हाल्नुपर्छ । संभव भएसम्म साँझको समयमा पानी हाल्नुपर्छ ।

रोग र बचाउने उपाय

बिगोनिया फूलमा फंगस अर्थात सेतो ढुसी आउने समस्या हुन्छ । यसलाई कम गर्न फङ्गिसाइड औषधि छर्किनुपर्छ । एक लिटर पानीमा फङ्गिसाइड दुई ग्राम राखेर हप्तामा एकपटक मात्र छर्किनुपर्छ ।

यदि ढुसी बढी परेको छ र धेरै सेतो भएको खण्डमा हप्ताको दुई पटकसम्म हाल्न सकिन्छ । यसैगरी खुम्ले कीरा झुस्लीकीरा लाग्न सक्छ, जसका लागि  किटनासक विषादी छर्कन सकिन्छ । तर, थोरै मात्र किरा लागेको छ भने विषादीको साटो हातैले झिकेर मार्नु उचित हुन्छ ।

कति समय फुल्छ ?

यो मौसमी र बाह्रैमासे दुई किसिमको हुन्छ । मौसमी भए ४ देखि ५ महिनापछि ओइलाउने हुन्छ भने बाह्रमासे बाह्रै महिना फुल्छ ।

तस्वीरहरु : मिलन मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?