+
+

आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै मिस युनिभर्स इण्डोनेसियाका प्रतिस्पर्धीले दिए उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १४:१९

काठमाडौं । मिस युनिभर्स इन्डोनेसियाका प्रतियोगीहरुले आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै प्रहरी उजुरी दिएका छन् । गत अगस्ट ३ मा भएको फिनालेको दुई दिनअघि शरीर जाँच र तस्वीर खिच्नका लागि आफ्नो टप्स फुकाल्न लगाएको उनीहरुको आरोप छ ।

आयोजकहरूले प्रतियोगी युवतीहरुलाई आफ्नो शरीरमा कुनै पनि दाग, सेल्युलाइट वा ट्याटु भए नभएको जाँच गर्न भनेको उनीहरुका वकिलले बताएका छन् ।

‘मलाई लाग्छ कि मेरो अधिकार हनन भएको छ,’ एक प्रतियोगीले एक स्थानीय टेलिभिजनसँग भनिन्, ‘यसले मलाई मानसिक रूपमा असर गरेको छ । यो घटनालपछि मलाई निद्रा लागेको छैन ।

उजुरी गर्ने तीन जना प्रतियोगीहरूको पक्षमा वकालत गरिरहेका अधिवक्ता मेलिसा एङ्गग्रेनीले अरू धेरै जना यसबारे अगाडि आउने बताएको बीबीसीले जनाएको छ ।

जाकार्ता प्रहरीले विज्ञप्ति जारी गर्दै यस विषयमा थप अनुसन्धान गर्ने जनाएको छ । ग्लोबल मिस युनिभर्स अर्गनाइजेसनले पनि यो विषयलाई हेरिरहेको र यौन अनुचितको आरोपलाई गम्भीरतापूर्वक लिने बताएको छ ।

सौन्दर्य प्रतियोगितामा शरीरको जाँच सामान्य भए पनि प्रतियोगीहरूलाई नग्न हुन नभनिने पूर्व मिस इन्डोनेसिया मारिया हरफन्तीले बताइन् । आयोजकहरूले प्राय: प्रतियोगीहरूको बडी मास इन्डेक्स उनीहरुको शरीरको अनुपात जाँच गर्न सोध्ने भए पनि नग्न हुन आग्रह नगर्ने उनको भनाइ छ ।

सोमबारको पत्रकार सम्मेलनमा एक जना उजुरीकर्ता युवतीले बन्द कोठामा शव परीक्षण गरिएको तर केही पुरुष पनि उपस्थित रहेको बताइन् ।

मिस युनिभर्सको अहिले ७३ औं संस्करणमा छ । दक्षिणपूर्वी एसिया खासगरी इण्डोनेसिया, फिलिपिन्स र थाइल्याण्डमा यो प्रतियोगिता निकै लोकप्रिय छ । यसमा भाग लिएर विजेता बनेका युवतीहरुले मिडिया र सामाजिक सञ्जालमा राम्रो ‘कभरेज’ पाउँछन् ।

यसका मालिक एनी जक्रजुता एक थाई ट्रान्सजेन्डर महिला र मिडिया मुगल हुन्, जसले विवाहित महिला, ट्रान्सजेन्डर महिला र एकल आमाहरूलाई प्रतिस्पर्धामा सहभागी हुन दिएर यसलाई थप समावेशी बनाउने प्रयास गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?