+
+

कमलामा बगेकी श्रीमतीको शव भेटियो, श्रीमान अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १७:४१

२४ साउन, जनकपुरधाम । कमला नदीमा बगाएका दम्पती मध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ ।

बुधबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा आज दिउँसो श्रीमती ३० वर्षीय माया पजियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

श्रीमान ३५ वर्षीय साजन परियार अझै बेपत्ता छन् ।

मंगलबार दिउँसो १ बजे कमला ब्यारेज नजिक दाउरा टिप्न गएको बेला गणेशमान चारनाथ नगरपालिका–७ का परियार दम्पतीलाई बाढीले बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?