+
+

अमेरिकी राष्ट्रपति बाइडनलाई धम्की दिँदै आएका एक व्यक्ति एफबीआईको गोलीबाट मारिए

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते ६:३९
Photo Credit : REUTERS/Tom Brenner
अमेरिकी राष्ट्रपति जो बाइडन

२५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ ।

बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो ।

एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।

ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?