+
+

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते ११:५५

२५ साउन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँमा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?