+
+

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि, होटल तथा पर्यटनमा लगानीकर्ताको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १५:४८

२५ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको वृद्धि हो ।

बिहीबार होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक वृद्धि देखिएको छ । सो परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको हो ।

बजारको इण्ट्राडे चार्ट हेर्दा बजार २ बजेर १५ मिनेट तिर जाँदा उच्च विन्दु हासिल गरेको थियो । बिहीबार कूल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच भएको छ । कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार अभियान लघुवित्तको सर्वाधिक सेयर मूल्य वृद्धि भएको छ । अभियान लघुवित्तको सेयर मूल्य ९ दशमलव ०९ प्रतिशतले वृद्धि हुँदै ७८० कायम भएको छ । सर्वाधिक मूल्य घट्नेमा हिमालयन लघुवित्त रहेको छ ।

कम्पनीको बजार मूल्य ६ दशमलव ५३ प्रतिशतले घट्दै ६१६ रुपैयाँ पुगेको छ । बिहीबार सोल्टी होटल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सोल्टी होटलको १६ करोड ९५ लाखको कारोबार हुँदा बजार मूल्य ४६१ दशमलव ७० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?