+
+

काठमाडौंको भोटाहिटीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते २१:०६
फाइल तस्वीर ।

२५ साउन, काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।

भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए । उनका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो ।

दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?