+
+

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते ११:३८

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । यो फिल्म ४८ औं टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुनेछ ।

छनोटपछि निर्माण टिमले जारी गरेको प्रेस विज्ञप्तिमा विश्वको प्रतिष्ठित फिल्म महोत्सवमा नेपाली फिल्म छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको जनाएको छ । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ । फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन,  हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि रहेको छ । मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन् । फिल्मका निर्माता नवीन सुब्बा हुन् ।

यस वर्षको टोरन्टो फिल्म फेस्टिभल आगामी सेप्टेम्बर ७ देखि १७ सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?