+
+

कारागारभित्र कैदी मृत्यु प्रकरण : सुरक्षार्थ खटिएका १० प्रहरी अधिकारीमाथि छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते ११:५७

२६ साउन, काठमाडौं । जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले प्रहरीबाट सुरक्षार्थ खटिएका १० जना र कैदीबन्दीमध्ये ९ जनालाई छानबिनको दायरामा ल्याइएको अनलाइनखबरलाई बताए । उनका अनुसार, बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए ।

त्यसक्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कारण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।

प्रकरणको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय, संखुवासभाले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति बनाएको छ ।

कारागार व्यवस्थापन विभागलेपनि निर्देशक कमल पाण्डेको नेतृत्वमा समिति बनाएर जाँच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?