+
+

सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १४:४८

२६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो ।आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले त्यो सहमतिप्रति आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साह सहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।

उनले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न पनि माग गरे । जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ ।

जसपा नेता राजकिशोर यादवले गौर घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको र नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?