
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा बिरोध गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदमा प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर बिरोध जनाएको घटना संसदमा आज पहिलो पटक देखेको बताए ।
सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिनु संसदीय मान्यता विपरीत भएको उनको जिकिर छ । मुख्य प्रतिपक्ष दलको सांसद ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदले उठेका थिए ।
सांसद पन्तले सिआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै उनले प्रश्न गरे ।
एमालेले सुन तस्करीका बारेमा अध्ययन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया 4