+
+

युरोप भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किंदै  

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० साउन २७ गते १८:३५
बार्सिलोनामा नेपाली समुदायसँग पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।

२७ साउन, बार्सिलोना । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् ।

पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार स्वीट्जरल्यान्डको जेनेभा आएका थिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका हुन् ।

फर्किनुअघि बार्सिलोना घुम्दै 

आइतबार नेपाल फर्कने तयारी गरिरहेका पूर्वप्रधानमन्त्री नेपाल शनिबार बार्सिलोना आइपुगेका छन् । पर्यटकीय शहर बार्सिलोनाको विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियाको उनले अवलोकन गर्दैछन् ।

१४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि लाखौं पर्यटकको भीड लाग्ने गर्छ।

पूर्व प्रधानमन्त्री नेपालले टिबिटाबु डाडादेखि बार्सिलोना शहरको पनि अवलाेकन गर्दैछन् । केही घण्टा घुमेर साँझ सात बजे नै उनी स्पेनको राजधानी म्याड्रिड फर्किने कार्यक्रम रहेको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?