+
+

‘गदर २’ र ‘ओह माइ गड २’ ले दुई दिनमा कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १२:१८

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ४०.१० करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनिल शर्मा निर्देशित फिल्म रिलिज अगाडि नै चर्चामा थियो । पहिलो सिक्वेल रिलिज भएको २२ वर्षपछि आएको ‘गदर २’ आफ्नो ब्रान्ड भ्यालु, सनी देओलको क्रेज, भारत- पाकिस्तान मुद्दा र राष्ट्रभक्तिको विषयले पनि भारतमा यसलाई रुचाइएको बलिउड ट्रेड एनालिस्टहरुले बताएका छन् । फिल्मले अग्रिम टिकट बुकिङदेखि नै रेकर्ड बनाइरहेको थियो ।

शुक्रबार रिलिज भएको फिल्म हेर्न मल्टिप्लेक्स र सिंगल थिएटरहरुमा दर्शकको लामो लाइन देखिएको समाचारमा जनाइएको छ । ‘गदर २’ सन् २०२३ को दोस्रो सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो स्थान शाहरुख खानको ‘पठान’को नाममा छ । फिल्मले दोस्रो दिन शनिबार ४३ करोड रुपैयाँ कमाइ गर्दै कुल कलेक्सन ८३.१८ करोड भारु पुर्‍याएको छ ।

‘गदर २’ अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

शुक्रबार नै रिलिज भएको अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले भने सनी देओलको फिल्मको तुलनामा निकै कम ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन १०.२६ करोड भारु कमाइ गर्‍यो भने दोस्रो दिन यसले कमाइको गति बढाएको छ । शनिबार यो फिल्मले १४.५ करोड कमाउँदै कुल कलेक्सन २४.७६ करोड पुर्‍याएको छ ।

अमित राय निर्देशित ‘ओह माइ गड २’ मा पंकज त्रिपाठी र यामी गौतमको समेत मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?