+
+

च्याट जिपिटीमा जागिरको अवसर, वार्षिक तलब ६ करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १२:३७

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका कारण धेरै मानिसको जागिर गुम्दै गएको बारेमा त हामीले सुनिएकै हो । तर एआई प्रविधिले मानिसको जागिर खाइदिने मात्र होइन कैयन मानिसहरुलाई आकर्षक रोजगारीको अवसर पनि प्रदान गरेको छ ।

लोकप्रिय च्याटबट च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईले केही योग्य जनशक्ति भर्ना गर्नका लागि विज्ञापन खुलाएको छ । कम्पनीको उक्त जागिरमा छनोट हुने जनशक्तिले वार्षिक करीब ६ करोड रुपैयाँ तलब सुविधा पाउनेछन् ।

ओपन एआईले उक्त आकर्षक जागिरका लागि योग्य जनशक्तिको खोजी गरिरहेको कम्पनीका एक वरिष्ठ अधिकारीले जानकारी गराएका छन् ।

गत वर्ष ओपन एआईले सार्वजनिक गरको च्याट जिपिटी निकै चर्चित तथा लोकप्रिय बनिरहेको छ । यो प्लाटफर्म आउने बित्तिकै धेरै मानिसहरुको रोजगारी संकट पर्नुका साथै धेरैलाई डरले सताउन थाल्यो । तर च्याट जिपिटीले मानिसको जागिरमा खतरा उत्पन्न गराउने मात्र होइन निकै आकर्षक जागिर प्रदान गर्नका लागि योग्य तथा प्रतिभावान व्यक्तिको खोजी गरिरहेको छ ।

च्याट जिपिटीमा जागिर पाउने ती जनशक्तिलाई कोडिङ, मेसिन लर्निंङ तथा अन्य सम्बन्धित विषयहरुको बारेमा जानकारी हुनुपर्नेछ । यसका लागि कम्पनीले ती कर्मचारीलाई वार्षिक करीब ६ करोड रुपैयाँ तलब भत्ता सुविधा प्रदान गर्न तयार रहेको ती वरिष्ठ अधिकारीको भनाइ छ ।

ओपन एआई कम्पनीका सुपर अलाइनमेन्ट टीमका प्रमुख जान लेकीले यस विषयमा जानकारी गराएका छन् । हालै The 80,000 Hours Podcast नामक एक पडकास्ट शो का क्रममा उनले उक्त जागिरका विषयमा बताएका हुन् । उनका अनुसार अनुसन्धानमा आधारित ती पदहरु अहिले पनि रिक्त छन् । कम्पनीले धेरैजना अनुसन्धान इन्जिनियर, अनुसन्धान व्यवस्थापक तथा अनुसन्धान वैज्ञानिकको खोजी गरिरहेको लेकीले बताएका छन् ।

उम्मेदवारको सीप तथा योग्यताको विषयमा बोल्दै उनले भनेका छन्– सम्बन्धित व्यक्तिको कोडिङमा राम्रो पकड हुनुपर्दछ भने मेसिन लर्निङका विषयमा राम्रो जानकारी हुनुपर्दछ । यस विषयका अन्य जानकारीहरु कम्पनीले आफ्नो एक वेबपेजमा सूचिकृत गरेको उनले बताए ।

ओपन एआईको सुपर अलाइनमेन्ट टीममा अनुसन्धान इन्जिनियरहरुको सेफ्टी रिसर्च टिममा केही प्रयोग तथा डिजाइन गर्नका लागि जनशक्तिको आवश्यकता छ । उक्त पदको वार्षिक तलब २ लाख ४५ हजार अमेरिकी डलरदेखि ४ लाख ५० हजार अमेरिकी डलरसम्म हुनेछ । यसका अतिरिक्त भत्ता पनि प्रदान गरिनेछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?