+
+

मोरङमा भारतीय नागरिकको शव भेटियो, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १५:५३

२८ साउन, विराटनगर । मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला परेको छ ।

सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने  प्रहरीले बताएको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

खानले भाँडावर्तन बनाउने उद्योगमा काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए । घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?