+
+

दीया पुनले गरिन् अफ्रिकाको अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १६:४९

काठमाडौं । अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको सफल आरोहण गरेकी छिन् । उनी स्थानीय समयअनुसार शनिबार बिहान साढे ७ बजे उक्त पाँच हजार ८९५ मिटर अग्लो हिमालको शिखरमा पुगेको दीयाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । किलिमन्जारो हिमाल अफ्रिकी मुलुक तान्जानियामा अवस्थित छ ।

किलिमन्जारोको शिखरमा उनले नेपाली झण्डासमेत फहराएको तस्वीरमा देख्न सकिन्छ । उक्त हिमालको चुचुरोमा पुगेर आफ्नो अर्को एक सपना पूरा भएको दीयाले उल्लेख गरेकी छिन् ।

दीयाले गत वर्षको जेठमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् भने यसअघि आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको समेत आरोहण गरिसकेकी थिइन् । विश्वका सात वटा अग्ला हिमालको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको दीयाले बताउँदै आएकी छिन् ।

दीयाको पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ केही समयअघि प्रदर्शनमा आएको थियो भने आगामी फिल्म ‘दयारानी’ रिलिजको तयारीमा छ । उनले फिल्म ‘वीर विक्रम’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?