+
+

गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो, २० घर परिवार विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते ८:०७
नारायणी नदीमा आएको बाढी । फाइल फोटो

२९ साउन, काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि उनीहरु लत्ताकपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेर सुरक्षित स्थानमा गएको प्रहरीको भनाइ छ । विस्थापित भएकाहरु आफन्तको घरमा बसेका छन् ।

यसैबीच नारायणी नदीको बाढी खतराको संकेत नजिक पुगेपछि नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । आज बिहान ब्यारेजमा २ लाख ७३ हजार क्युसेक प्रतिसेकेन्ड बहाव मापन भएको थियो । ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड तीन लाख क्युसेक पुग्यो भने खतराको सूचक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?