+
+

कोशीको प्रदेश सभा बैठक भदौ १ गते बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १२:३३

२९ साउन, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बैठक भदौ १ गतेका लागि बोलाएको छ । गत असार १५ गतेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेशसभाको बैठक भदौं  १ गते दिउँसो १ बजेका लागि बोलाएको हो ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले साउन १५ गते अर्काे सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेश सभा बैठक भदौं १ गतेका लागि बोलाइएको जानकारी  दिए  ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारबाट माओवादी  केन्द्र र जसपा बाहिरिएपछि बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए ।

विश्वासको मत लिने प्रयोजनका लागि उनले साउन १४  गतेबाट तेस्रो अधिवेशन आह्वान गरेका थिए । पहिलो बैठकमा बजेट अध्यादेश पेस भएको थियो । दोस्रो बैठकमा उनले विश्वासको मत परीक्षण हुँदा विश्वासको मत पाएनन् ।

त्यसपछि बनेका मुख्यमन्त्री उद्धव थापाले अध्यादेशको बजेट प्रतिस्थापनका लागि भदौं  १ गतेबाट अधिवेशन बोलाएका हुन् । उनले सर्वदलीय सहमतिका आधारमा बजेट अध्यादेश प्रतिस्थापनका लागि विधेयक ल्याउने बताए । भदौं १० गतेभित्र बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

भदौं १० गतेभित्र बजेट पास गरेर विश्वासको मत लिने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?