+
+

सेन्सर बोर्डप्रति अक्षयको कटाक्ष : ‘ओएमजी २’ पहिलो एडल्ट फिल्म, जुन टीनएजरका लागि बनेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १२:५६

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले यतिबेला हलमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्स अफिस कलेक्सनमा ‘गदर २’ को तुलनामा निकै पछि रहे पनि यसले उठाएको विषयवस्तुलाई दर्शकहरुले रुचाइरहेका छन् ।

अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण दिनानुदिन बक्स अफिसमा कमाइ वृद्धि गरिरहेको छ ।

अमित राय निर्देशित फिल्मले यौन शिक्षाको मुद्दालाई उठाएको छ । यो फिल्मलाई भारतीय सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट ‍दिएको छ । यसैबीच अभिनेता अक्षय कुमारले ‘ओह माइ गड २’ लाई विद्यालयहरुमा देखाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनले फिल्मलाई एडल्ट सर्टिफिकेट दिएकोप्रति पनि घुमाउरो ढंगमा असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘कमालको कुरा बताऊँ, यो पहिलो एडल्ट फिल्म हो जो टीनएजरका लागि बनेको छ ।’

‘ओह माइ गड २’ मा अक्षयले भगवान शिवको भूमिका निभाएका छन् । उनी पंकज त्रिपाठीको मद्दतका लागि आउने-जाने गरिरहन्छन् । पंकज यौन शिक्षाको मुद्दाका लागि अदालतमा लडिरहेको फिल्ममा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?