+
+
Shares

श्रम कानुन कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध मोबाइलबाटै उजुरी दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १७:३१

२९ साउन, काठमाडौं । श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले अब मोबाइलबाटै उजुरी दिन सक्ने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पहिलो चरणमा ५ सय भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जनाएको छ ।

विभागका अनुसार असुल श्रम सम्बन्ध स्थापित गराउन श्रम कानुनको परिपालना हुनु पर्छ । सोहीकारण अब विभागको मोबाइल नम्बर ९८५१३५०४५१ मा भाइबर, ह्वाट्सएप, ट्वीटरमार्फत सूचना दिन सकिने भएको छ । विभागले यस्तो प्रतिष्ठानको नाम र ठेगानासहित सूचना दिन भनेको छ ।

कस्तो अवस्थामा कानुनको परिपालना नभएको मानिन्छ ?

विभागका अनुसार श्रम ऐन २०७४ को दफा ११ बमोजिम नियुक्ति पत्र वा रोजगार सम्झौता नगरी काममा लगाइन पाइँदैन । न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, श्रम ऐन बमोजिम इजाजत पत्र नलिई श्रमिक आपूर्ति गर्ने र त्यस्तो आपूर्तिकर्ता मार्फत श्रमिक आपूर्ति गरी काममा लगाइएका प्रतिष्ठानहरुले समेत कानून उल्लंघन गरेको मानिन्छ ।

नियमित राजगारी प्रकृतिको काममा आपूर्तिकर्तामार्फत काममा लगाएको, बाल श्रम प्रयोग गरेको, बोनस ऐन अनुसार वासलातमा नाफा नोक्सानको विवरण सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा पेश नगरेको, राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेको हकमा समेत कानुन आकर्षित हुने भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान नगरेमा वा श्रम इजाजत प्राप्त नगरी विदेशी नागरिकलाई काममा लगाएको पाइएमा समेत उजुरी दिन सकिने भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?