+
+

काठमाडौंमा भारतीय गायिका शिल्पा रावको कन्सर्ट हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते ११:३७

काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् ।

रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुने शिल्पा पहिलोपटक नेपाल आउन लागेकी हुन् ।

उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे डिजिटल वालेटमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले जानकारी दिए । माई पे कार्यक्रमको टिकेटिङ पार्टनर समेत रहेको छ । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?