+
+

मानवअधिकार आयोगले भन्यो : सप्तरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १३:२०

३० साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट र दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानुनी कारवाही गर्न र मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार पोखरेल जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले गएका बेला प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो । उक्त घटनालाई लिएर पत्रकारहरु र सामाजिक संघ संस्थाहरुले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

उक्त घटनाको आयोगको मधेश प्रदेश कार्यालयले अनुसन्धान गरिरहेको छ । आयोगले सेवाग्राहीले सेवा लिन जाँदा संयमित हुन र सेवा प्रवाह गर्ने निकायप्रति मर्यादित व्यवहार गर्न पनि आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?