+
+
प्रविधि :

थ्रेड्सप्रति मोहभंग, ५ गुणाले घटे प्रयोगकर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १४:३६

३० साउन, काठमाडौं । मेटा कम्पनीले गत महिना आफ्नो इन्स्टाग्राम एपमा आधारित ट्वीटर जस्तै नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स सार्वजनिक गर्‍यो। थ्रेड्सले सार्वजनिक भएकै दिनबाट अत्यधिक लोकप्रियताका साथ नयाँ किर्तिमानहरु राख्न सफल भयो ।

तर,  विस्तारै थ्रेड्सप्रति प्रयोगकर्ताहरुको मोहभंग भैरहेको देखिएको छ । यो एपका प्रयोगकर्ताको संख्या ५ गुणाले घटेको छ भने प्रयोगकर्ताले प्रतिदिन ३ मिनेभन्दा पनि कम समय मात्रै यो एप प्रयोग गरिरहेका छन् ।

रिपोर्ट अनुसार जुलाईको सुरुमा थ्रेड्स एपका सक्रिय प्रयोगकर्ताको संख्या सबैभन्दा धेरै अर्थात् २३ लाख पुगेकोमा अगष्ट ७ मा त्यो संख्या घटेर ५ लाख ७६ हजारमा झरेको छ ।

यसरी सुरुवातको एक महिनामै थ्रेड्सका प्रयोगकर्ताको संख्यामा ७९ प्रतिशतले कमी आएको छ । लञ्चिङको सुरुवाती चौथो दिनसम्ममा थ्रेड्सका दैनिक प्रयोगकर्ता ४ करोड ९३ लाख रहेकोमा अहिले घटेर १ करोड ३ लाखमा झरेका छन् ।

प्रयोगकर्ताको संख्या संख्या अमेरिकामा यो प्लाटफर्ममा बिताइने दैनिक औषत समय पनि तिव्र रुपमा घेको छ । यसअघि प्रयोगकर्ताले औषतमा यो एपमा दैनिक २१ मिनेट बिताउने गरेकोमा हाल ३ मिनेट भन्दा कम मात्रै समय बिताउने गरेका छन् ।

त्यस्तै अमेरिकाका ठूला ब्राण्ड तथा कम्पनीहरुले थ्रेड्समा राख्ने पोस्टहरुको संख्या पनि घटाएका छन् । गत जुलाई ५ मा लञ्च भएको थ्रेड्स एपमा पहिलो केही घण्टामै ५ लाख जनाले खाता खोलेका थिए ।

त्यस्तै एक हप्ताभन्दा कम अवधिमै थ्रेड्समा अकाउन्ट खोल्नेको संख्या १० करोड पुगेको थियो । जसका कारण थ्रेड्स इतिहासमै सबैभन्दा छिटो १० करोड पटक डाउनलोड हुने एप बनेको थियो ।

तर यसको सुरुवाती जादू विस्तारै सिथिल हुँदै गयो । थ्रेड्समा खाता खोल्ने अधिकांसले यो एप चलाउँदै चलाएनन् । थ्रेड्स एप सबैभन्दा धेरैले प्रयोग गरेको समयमा समेत यसका प्रयोगकर्ता ट्वीटरको तुलनामा आधा भन्दा धेरैले कम रहेको डिजिटल इन्टेलिजेन्स प्लाटफर्म सिमिलर वेबको रिपोर्टमा उल्लेख छ । ट्वीटरका दैनिक औषत प्रयोगकर्ताको संख्या १० करोड हुने गरेको छ ।

एलन मस्कले खरीद गरेसँगै ट्वीटरमा छाइरहेको अस्थिरताको मौका छोप्नका लागि मार्क जुकरबर्गले ट्वीटर जस्तै माइक्रो ब्लगिङ प्लाटफर्मका रुपमा थ्रेड्स ल्याएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?