+
+

एमाले बरु संसद भाँडमा जाओस् भन्नेमा देखियो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १८:१९

३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद नचले नचलोस् भन्ने मनसायमा देखिएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले संसद सञ्चालनको सहमति गर्ने र उल्लंघन गर्ने गरिरहेको आरोप लगाए ।

‘म, देउवाजी र ओलीजी पटक–पटक बस्यौं, संसद खोल्ने सहमति भयो, समिति सभापति र टीआरसी (बेपत्ता पारिएका व्यक्तिको छानबिन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक) मा मिलेर जाने सहमति भयो, तर यहाँबाट बानेश्वर पुग्दा सहमति भंग भयो’ प्रधानमन्त्रीले भने, ‘उहाँहरुको व्यवहारले संसद नचले नचलोस् बरु भाँडमा जाओस् भन्ने देखिन्छ ।’

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गर्दै १० साउनदेखि संसद अवरोध गरिरहेको छ । संसद खोल्ने विषयमा प्रमुख तीन दलबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

सत्तापक्षले उच्चस्तरीय छानबिन समिति नभई सरकारी संयन्त्रले नै सुन प्रकरणको अनुसन्धान गर्ने बताउँदै आएको छ भने एमालेले उच्चस्तरीय छानबिन समिति गठनको अडान छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?