+
+

७ महिनापछि गण्डकी प्रदेशसभाको संसदीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते २१:२८

३० साउन, पोखरा । प्रदेशसभा गठन भएको ७ महिनापछि बल्ल गण्डकी प्रदेश सभाको संसदीय समिति गठन भएको छ ।

दलहरुबीचको लामो छलफल र गृहकार्यपछि टुंगो लागेपछि मंगलबार सभामुख कृष्ण धितालले संसदीय समितिका सदस्यको नाम पढेर सुनाएका थिए ।

सभामुखले वाचन गरेको नाम बैठकले अनुमोदन गरेको हो । नियमावली मस्यौदा समितिले यसपटक विषयगत समितिको कार्यक्षेत्र र नामसमेत हेरफेर गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति रहेका छन् । पहिलेकोे विधायन समिति खारेज भएकोे छ भने अन्य समितिको क्षेत्राधिकार परिवर्तन भएको छ । ३ वटा समितिमा १५/१५ जना र एक वटामा १३ जना सदस्य मनोनयन गरिएको छ । पहिले समितिमा सदस्यको टुंगो लागि सकेपछि बल्ल सभापतिको निर्वाचन हुने छ ।

समितिको सभापतिमा भने दलहरुले अझै टुंगो लगाउन सकिरहेका छैनन् । सार्वजनिक लेखा समिति विपक्षी दललाई दिने संसदीय परम्पराअनुसार एमालेले पाउने पक्काजस्तै छ । एमालेबाट लेखा समिति संयोजकमा भीम कार्की र सुधीरकुमार पौडेलको चर्चा छ ।

अर्थ तथा विकास समिति सभापति कांग्रेस आफैंले राख्ने भएको छ भने यसको सभापतिमा संसदीय दलका नेतामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग चुनाव लडेका सांसद भोजराज अर्याललाई दिने पक्काजस्तै देखिएको छ ।

माओवादीले सामाजिक विकास तथा कृषि समिति पाउने देखिएको छ र यसको सभापतिमा माओवादी चुनाव चिन्ह्बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकाटाले पाउने चर्चा छ । अर्को प्रदेश मामिला तथा कानुन समिति रहने छ ।

यो समिति कांग्रेसले नै राख्ने र संघीय सांसद तथा राज्यमन्त्री हुँदै प्रदेश सभा सदस्य बनेकी बागलुङकी चम्पादेवी खड्काले पाउने सम्भावना देखिएको एक सांसदले बताए ।

हेर्नुहोस्, कुन समितिमा को परे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?