+
+

ब्याजदर बढ्ने त्रासमा लगानीकर्ता, नेप्से २० अंकले घट्दा कारोबार १ अर्ब ६७ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १५:३२

३१ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।

साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २०.३१ अंकले गिरावट हुँदा २०२५.१२ को बिन्दुमा बनन्द भएको छ ।

साउनमा घटेको निक्षेपको ब्याजदर १ भदौदेखि पुन बढ्नसक्ने चर्चाले सेयर बजार प्रभावित बनेको छ । साउनदेखि निक्षेपको बयाज दरमा हुँदै आएको भद्र सहमति खारेज भएर बैंकहरुले आफैं ब्याजदर तय गरेका थिए ।

साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाउँदा केही बैंकले स्थिर र केही बैंकले बढाएका थिए । ब्याजदर घटाएका बैंकको निक्षेप घटेपछि १ भदौदेखि निक्षेपको ब्याजदर बढाउनसक्ने चर्चा हुँदा सेयर बजार लगातार तेस्रो दिन पनि घटेको हो ।

२९ साउनमा एकल अंकको सामान्य गिरावट भएको नेप्से ३० साउन मंगलबार ३१.८० अंकको गिरावट भएको थियो । बुधबार लगातार तेस्रो दिन पनि नेप्से घटेको हो । ३२ साउन बिहीबार बैंकहरुले १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ ।

ब्याज बढ्नसक्ने त्रासमा केही नाफामा रहेको लगानीकर्ताले सेयर बेच्न खोज्ने तर खरिद गर्न चाहने लगानीकर्ताको मनोबल कमजोर भएर पर्खन खोज्दा नेप्सेमा गिरावट भएको हो ।

बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

हाइड्रोपावर उपसूचक सर्वाधिक १.८५ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक १.५८ प्रतिशतले गिरावट भएको छ ।

वित्त कम्पनी, लघुवित्त, म्यचुअल फण्ड अन्य र व्यापार उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । लगातार २ अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार कारोबार रकम घटेर १ अर्ब ६८ करोडमा झरेको छ ।

४५ हजार १६७ वटा कारोबारमा ४८ लाख ३८ हजार १०६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये हिमालयन डिस्टिलरीको ८ करोड ४२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख र आईएमई लाइफको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको स्थिर छ । बिहिबार नेप्सेमा कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा बलेफी हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले वृद्धि हुँदा स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढेको छ ।

यस्तै सन्राइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ ।

यता माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ८.०६ प्रतिशतले गिरावट हुँदा स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ८.०३ प्रतिशत र धौलागिरी लघुवित्तको सेयुरमूल्य ७.८९ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?