+
+

सवा ४ अर्बको सेयर कारोबार, माइक्रोफाइनान्समा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १५:१४

३ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोडको भयो । नेप्से परिसूचक भने जम्मा ०.७९ अंक बढ्यो । आजको बजार २०१८ अंकमा बन्द भयो ।

१०३ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन माइक्रोफाइनान्स समूहमा उत्साह देखिएको छ । सो समूह ३.८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह ०.२२ प्रतिशत बढ्दा अरु सबै घटे । बैंकिङ ०.२२, विकास बैंक १.०७, फाइनान्स १.४५, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.४४, उत्पादन ०.४३, निर्जीवन बीमा ०.८५ र व्यापार समूह ०.७९ प्रतिशत बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मूल्य धेरै बढ्नेमा अधिकांश माइक्रोफाइनान्स कम्पनीहरु रहे । हिमालयन लघुवित्त, जाल्पा, सिर्जनशील र स्वाभिमान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावरको मूल्य ९.६ प्रतिशत बढ्यो, ग्लोबल आईएमई लघुवित्तको ९, धौलागिरि लघुवित्तको ८.६, अभियान लघुवित्तको ८.४, उपकार लघुवित्तको ८.३ प्रतिशत मूल्य बढ्यो ।

माण्डु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७ प्रतिशत घट्यो । पिपुल्स पावरको ५.२, नेपाल फाइनान्सको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, पिपुल्स पावर, हिमालयन लघुवित्त र जीवन विकास लघुवित्त क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?