+
+

नेप्सेसँगै कारोबार रकम घट्यो, उत्पादन र व्यापार समूह बढे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १५:१२

२ जेठ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.५४ अंक घटेको छ । अघिल्लो दिन २८ अंक बढेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७० करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ८ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ५, विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ४१, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ र अन्य समूह १५ अंक घटे । ब्यापार समूह ३१ र उत्पादन समूह ८९ अंक बढे ।

उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपारको ६, बुद्धभूमि हाइड्रोपावरको ५.६, सुपरमाइ हाइड्रोपारको ४.४ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ओरियन्टल होटलको ५.५, सीईडीबी हाइड्रोपावरको ४, तमोरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पिपुल्स पावर, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सोनापुर सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?