+
+

अर्थतन्त्रले विस्तारै लय पक्रिँदैछ : अर्थमन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १५:५०

३१ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, सिर्जनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारी र बाह्य क्षेत्र दबाबका कारण अर्थतन्त्रमा देखिएको समस्या विस्तारै समाधान भएको बताएका हुन् ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताएका हुन् । ‘अब विस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, वाह्य अरु पनि समस्याहरु थिए । विस्तारै त्यो हट्यो, लय पक्रिँदै छ । अब एउटा पोजेटिभ डिस्कोर्स सुरु गर्दैछौं । हामीले नेगेटिभ मात्रै कुरा ग¥यौं भने नेगेटिभ नै परिणाम आउँछ’ उनले भने ।

अर्थमन्त्री महतले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने धारणा राखे ।

‘हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । मान्छेहरु आउन थालिरहेका छन् । त्यसले अवसर सिर्जना गर्नेछन् । त्यसको फाइदा धेरै पपुलेसनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ’ उनले भने ।

अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?