+
+

बीमा दाबी गर्न आफ्नै टिपरमा आगो लगाएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १८:२३

३१ साउन, काठमाडौं । बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएका आरोपमा टिपरधनीसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर ललितपुरको टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि बा ३ ख २८९४ नम्बरको टिपर किनेका थिए । त्यो टिपर उनका कान्छा भाइ भीमसेनले चलाउँदै आएकोमा ४ महिनाअघि टिपर ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।

टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारको योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरको संलग्नतामा पेट्रोल छर्केर उनीहरुले त्यो टिपरमा आगो लगाएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

उनीहरु त्यसको भोलिपल्ट दिउँसो टिपरमा आगोलगाउनेलाई खोजी गरी कारबाहीको माग गर्दै उजुरी लिएर प्रहरी वृत्त चापागाउँ पुगेका थिए । उनीहरुले बीमा दाबी प्रयोजनाका लागि समेत आवश्यक सिफारिस प्रहरीसँग मागेका थिए ।

त्यसपछि शंका लागेर छानबिन गर्दा टिपरमा उनीहरुले नै आगे लगाएको पाइएकाले अपराधिक उपद्रव कसूरमा पक्राउ गरिएको कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेका ३ जनालाई जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?