+
+

चौथो ‘कौसी क्वीन’ प्रतियोगिताका लागि खुल्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १८:०३

काठमाडौं । चौथो ‘कौसी क्विन’को आवेदन खुल्ला गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले कौसी खेतीको प्रवरद्धन गर्ने उद्देश्यले तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिता गर्दै आएको छ ।

आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रीन हाउस पुरस्कारबापत पाउनेछन् । त्यसैगरी क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिधै भाग लिन जान पाउनेछन् ।

कौसी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा भाग लिनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा १० वटा तस्वीर र १० मिनेटसम्मको तस्वीर पठाउनुपर्नेछ । फोटो र भिडियोहरु हलोखबर डटकमको इमेल आईडीमा पठाउन सकिने जनाइएको छ ।

सामाजिक सञ्जाल र निर्णायकको तर्फबाट ५०-५० प्रतिशत नम्बरका आधारमा उत्कृष्टहरु छनोट हुनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए । साथै सहभागी भएबापत एक हजार बराबरको कौसी खेतीका सामग्रीहरु पाउनेछन् ।

सर्वोत्कृष्ट पुरस्कार अर्थात् कौसी क्वीन हुनेले ३० हजार रुपैयाँ मूल्य बराबरको कौसीमा ग्रीन हाउस तथा फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप हुनेले क्रमशः २०, १५ र १० हजार रुपैयाँ बराबरको कौसी खेतीमा आवश्यक सामग्री पाउनेछन् ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । आवदेनका लागि भदौ १५ गतेसम्मको समय तोकिएको छ । भदौ मसान्तसम्ममा भोटिङ हुने र असोज तेस्रो साता विजेता घोषणा गरिने जनाइएको छ ।

फोहोर व्यवस्थापनको उत्तम विकल्प मात्रै नभएर हरियाली कौसी, अर्गानिक कौसी खेती मात्रै नभएर जीवनको उत्तरार्धमा टेकेकाहरुलाई कौसी खेती व्यायामको समेत विकल्प हुन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?