+
+
Shares

अस्कल क्याम्पसको लेखा शाखामा स्ववियूले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १९:५०

१ भदौ, काठमाडौं। अमृत क्याम्पसले क्याम्पसको लेखा शाखामा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ।

क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपमा तालाबन्दी गरेको भन्‍दै तालाबन्दी गरेको अस्कलका स्ववियु सचिव रुद्रहरि पोखरेलले जानकारी दिए।

सचिव पोखरेलले अनलाइनखबरसँग भने, ‘ क्याम्पस प्रशासनले स्ववियु कोष,विद्यार्थी कल्याण कोष ,खेलकुद तथा पत्रपत्रिका लगायतका शीर्षकमा अनियमितता भएको छ । हामीले पटक-पटक क्याम्पस प्रशासनसँग वार्षिक आय व्याय सार्वजनिक गर्न माग गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको हो।’

उनले १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा स्ववियुको कोष २०७६ सम्म प्रयोगमा आएको देखिएको भन्‍दै अब पनि सार्वजनिक नगरिए स्ववियू अधिकार खोस्‍न नदिने चेतावनी दिए ।

‘हामीले १४ वर्षपछि पदाधिकारी जितेर आयौं। क्याम्पस प्रशासनले स्ववियुको कोष २०७६ सम्म प्रयोग गरेको देखिन्छ। तर सार्वजनकि गर्न नमान्नुले के अर्थ दिन्छ ? स्ववियुलाई काम गर्न नदिन सिधासिधी मनसाय हो। ‘ उनले प्रश्न गरे ।

विद्यार्थीहरूको माग सम्बोधन नहुञ्जलेल क्याम्पस प्रशासनमा तालाबन्दी भइरहेको उनको भनाइ छ ।

हेर्नुहोस्  अस्कलका स्ववियूले निकालेको विज्ञप्ति :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?