+
+

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते ७:११

२ भदौ, काठमाडौं । आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर  र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक/दुई स्थानमा  हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि  देशभर आँशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूगको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क हुन सरोकारवालाले सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?