३ भदौ, काठमाडौं ।पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँ छन् ।
यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ । यस वर्ष बडका अट्वारी भने भदौ ३१ गते परेको छ।
आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ ।यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।
आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।
यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।
यसैगरी धार्मिक मान्यता अनुसार बाल-बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली-नालीमा रोग-व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।
प्रतिक्रिया 4