+
+

कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १३:२४

३ भदौ, धनगढी । कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका– १२ सीगाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ । शनिबार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । दुुवै घटनाबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?