+
+

ब्याडमिन्टनमा श्रीलंकालाई टिम च्याम्पियनतर्फ दुई उपाधि, नेपाल उपविजेता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १६:२१

३ भदौ, काठमाडौं । ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत श्रीलंकाले यू–१५ र यू–१७ दुवै तर्फ मिक्स टिम इभेन्ट्सको उपाधि जितेको छ ।

ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगितामा यू-१५ मा फाइनल पुगेको नेपाल भने उपविजेता बन्यो ।

हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको कभर्डहलमा भएको च्याम्पियनसिपको यू–१५ तर्फ श्रीलंकाले घरेलु टोली नेपाललाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

श्रीलंकाका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे भने नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे ।

यसैगरि केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गरे ।

तेस्रो स्थानमा बंगलादेश र भुटान रहे । यस्तै यू–१७ तर्फ प्रतिस्पर्धात्मक खेलमा बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै श्रीलंका च्याम्पियन बन्यो ।

पहिलो सेट बंगालादेशका एस.एस.एम. सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै अग्रता दिलाएका थिए ।

दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

तेश्रो खेलमा राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै पुनः बंगलादेशललाई २–१ को अवस्थामा पुर्‍याए ।

चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो ।

अन्तिम तथा निर्णाकक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस.एस.एम. सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गरेपछि खेल ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधि जितेको हो । नेपाल र भुटान तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?