+
+

पोखरामा जीबी राईको सहकारीविरुद्ध उजुरी दिन प्रहरीको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १४:२३

४ भदौ, काठमाडौं । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध बचतकर्ताहरूलाई उजुरी दिन प्रहरीले सूचना जारी गरेको छ । यो सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गर्ने गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो ।

पोखरा महानगरपालिका वडा नम्बर ४ नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना एवम् ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको हो ।

सहकारीबाट बचत रकम फिर्ता नपाएका र प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहेका बचतकर्ताहरूलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित १५ भदौ भित्र जाहेरी दिन सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?