+
+

निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका थाक्सिन सिनावात्रा जेल चलान

एजेन्सी एजेन्सी
२०८० भदौ ५ गते १३:१९
थाइल्याण्ड विमानस्थलमा उत्रिएपछि थाक्सिन सिनावात्रालाई स्वागत गर्दै समर्थकहरु । तस्वीर : एपी/रासस

निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा जेल चलान भएका छन् । उनी मंगलबार विहान निजी विमानमार्फत थाइल्याण्ड आएका थिए ।

बैंककको मुख्य विमानस्थलमा अवतरण हुँदा थाक्सिनलाई सयौं समर्थकले स्वागत गरेका थिए । दुई छोरी र छोराका साथ आएका उनले थाइल्याण्डका राजा र रानीप्रति सम्मान व्यक्त गरेका थिए ।

थाइल्याण्डमा सैन्य कु भएसँगै उनी स्वनिर्वासनमा गएका थिए । थाइल्याण्डको राजपरिवारसँग हिरासतमा नराख्ने सहमति भएसँगै थाक्सिन थाइल्याण्ड फर्किएका हुन् । थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

थाक्सिन थाइल्याण्डमा सफलतम निर्वाचित प्रधानमन्त्री हुन् । समर्थकहरुले थाक्सिनको स्वदेश फिर्तीको निकै प्रतीक्षा गरेका थिए ।  ७४ वर्षका थाक्सिनलाई विमानस्थलबाट सिधै सर्वोच्च अदालत लगियो र त्यहाँबाट जेलमा लगिएको थियो ।

कारागारका अधिकारीहरुका अनुसार उनको उमेरलाई ख्याल गर्दै उनलाई राख्ने ठाउँमा स्वास्थ्य उपचारका विशेष उपकरणहरुको पनि व्यवस्था गरिएको छ ।

विमानस्थलमा रातो सर्ट लगाएका सयौं समर्थकले मंगलबार विहान थाक्सिनको स्वागत गरेका थिए । थाक्सिनलाई स्वागत गर्न विमानस्थल आएका उनका ६३ वर्षीय समर्थक सामनियङ कोंगलोपार्नले भनेका छन्, ‘थाइल्याण्डका लागि उनीजत्तिको प्रधानमन्त्री अरु सायदै हुनेछन्  उनको घर फिर्तीले हामी समर्थक निकै हर्षित छौँ ।’

निर्वाचनपछि नयाँ सरकार गठनको प्रयत्न भएपनि त्यहाँ सफल हुन सकिरहेको छैन ।  योङ् मुभ फर्वाड दलले त्यहाँ मेको निर्वाचनमा बहुमत प्राप्त गरेर पिउ थाइसँग मिलेर सरकार निर्माण गर्ने बताएको थियो । तर नयाँ सरकार गठनको एजेण्डाबाट मुभ फर्वाड विस्तारै पर हटेको पिउ थाइले बताएको छ । पिउ थाइले अब मुभ सैन्य सत्तासँग कुनै सम्झौता नगर्ने बताएपछि त्यहाँ राजनीतिक गतिरोध लम्बिरहेको छ ।

तल्लो सदनमा मुभ फर्वाडको बहुमत भएपनि माथिल्लो सदनमा जुन्ता समर्थक सांसदको बाहुल्य छ । त्यसैले त्यहाँ नयाँ सरकार गठन पेचिलो बन्दै गएको हो । पिउ थाइको सत्ता बार्गेनिङको शक्तिको निर्वाचन परिणामका कारण कमजोरसमेत बनेपछि र मुभ फर्वार्डले पनि सरकार गठनको संवाद नगरेसँगै सरकार गठन अझै अनिश्चित छ ।

५०० सदस्य रहेको माथिल्लो सदनमा जुन्ता सांसदको बाहुल्य छ । उनीहरुको मतका कारण कोही पनि संसदबाट नयाँ प्रधानमन्त्रीका रुपमा अनुमोदन हुने स्थिति छैन । थाइल्याण्डमा ठूल-ठूला निर्णयमा राजतन्त्र, सैन्य शासक र व्यापारिक घराना हाबी हुँदै आएका छन् । त्यसैले उनीहरुले हाल मुभ फर्वार्ड र पीउ थाइको गठबन्धनलाई स्वीकार गर्न चाहेका छैनन् । आफ्नै विरोधीलाई सत्ताको साँचो सुम्पिन्न नचाहेकाले दुई दलको गठबन्धन उनीहरुले अस्वीकार गरेका हुन् ।

यदि पीउ थाइ र मुभ फर्वाडको सरकार बनिहाले पनि बजेट पारित गर्ने स्थिति नहुँदा त्यो सरकार ढल्ने स्थिति हुन्छ । तर पीउ थाइको नेतृत्वले  राजतन्त्रको कट्टर समर्थ युनाइटेड थाइ नेशनलाई गठबन्धनमा आवद्ध हुन भनेको छ । युनाइटेड त्यही दल  हो जसले यिङ्लक सिनावात्राको सत्ता बहिर्गमनमा भूमिका खेलेको थियो । यस्तै त्यस दल सिनावात्रा परिवारको कठोर आलोचक समेत हो ।

थाक्सिनको फिर्तीसँगथै थाइल्याण्डमा पीउ थाइको प्रतिष्ठालाई नयाँ उचाइमा फेरि फर्काउने अपेक्षा समर्थकहरुले गरेका छन् । राजतन्त्रको कडा वकालत गर्ने दलसँगको सहकार्यबाट समर्थक पनि सशंकित छन् । यो अवस्था नसुधारे पार्टीका समर्थकहरु विस्तारै टाढिँदै जाने समर्थकहरुको चिन्ता छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?